PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

डर्टमण्डमाथि सिटीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

डर्टमण्डमाथि सिटीको संघर्षपूर्ण जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा घरेलु टोलीले डर्टमण्डमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको १९ औं मिनेटमा रियाद महरेजको पास केभिन डी ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।पहिलो हाफमा एक गोलले अघि रहेको सिटीसँग डर्टमण्डले ८४ औं मिनेटमा बराबरी गर्‍यो। डर्टमण्डका लागि अर्लिङ हल्याण्डको पासमा मार्को रिउसले गोल फर्काए। तर अन्तिम समयमा डर्टमण्ड सम्हालिन नसक्दा सिटीले फेरि अग्रता लियो। खेलको ९० औं मिनेटमा इल्के गुण्डोगनको पासमा फिल फोडेनले गोल गर्दै सिटीको जित सुनिश्चित गरे।

यी दुई टोलीबीचको दोस्रो लेगको खेल अप्रिल १५ मा डर्टमण्डको घरेलु मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell