PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

दृश्यमा पत्रकारको निर्वाचन : आफ्नो प्यानललाई जिताउन जारी छ लबिङ

दृश्यमा पत्रकारको निर्वाचन : आफ्नो प्यानललाई जिताउन जारी छ लबिङ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : अहिले देशभर पत्रकार महासंघको नयाँ नेतृत्व छनौट गर्नका लागि मतदान भइरहेको छ। महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ भइरहेको हो। प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन भइरहेको छ।

महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन्।

काठमाडौंको प्रज्ञा प्रतिस्थानमा काठमाडौं जिल्ला र केन्द्रका लागि मतदान भइरहेको छ भने दशरथ रंगशालामा एशोसियट नेतृत्वका लागि मतदान भइरहेको छ।

अहिले मतदान केन्द्रमा सयौंको संख्यामा पत्रकार र शुभेच्छुकहरु भेला भएका छन्। प्रतिस्पर्धीहरु मतदातालाई मत मागिरहेका देखिन्छन। मतदाता र शुभेच्छुकहरु पनि आफ्नो प्यानलको उम्मेदवार जिताउन लबिङ गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell