PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुदूरपश्चिममा नेपाल-खनाल समूहले दुई हप्ता भित्र समानान्तर कमिटी बनाइसक्ने, को को भए जिल्ला अध्यक्ष?



एम बम

सुदूरपश्चिममा नेपाल-खनाल समूहले दुई हप्ता भित्र समानान्तर कमिटी बनाइसक्ने, को को भए जिल्ला अध्यक्ष?

कैलाली : नेकपा एमालेका वरिष्ठ नेता माधकुमार नेपाल र झलनाथ खनाल समूहले सुदुरपश्चिम प्रदेशमा दुई हप्ता भित्रै सबै जिल्लामा समानान्तर कमिटी बनाउने भएको छ। धनगढीस्थित एमालेको प्रदेश कार्यालयमा सोमवार र मंगलवार बसेको नेपाल-खनाल समूहको बैठकले स्थायी कमिटी सदस्य भीम रावलको संयोजकत्वमा प्रदेश कमिटी बनाएको छ। प्रदेश कमिटी बनिसकेको भए पनि घोषणा भने भइसकेको छैन्। नेता नेपाल र रावललाई भने एमाले अध्यक्षले पार्टी सदस्य नै नरहेन गरि ६ महिनाका लागि निलम्बन गरिसकेको छ।

सुदुरपश्चिमका ९ जिल्ला मध्य ६ जिल्लामा एमाले माओवादी एकीकरण पहिले २०७५ जेठ २ अघिकै कमिटीलाई निरन्तरता दिइएको छ भने दार्चुलामा अध्यक्ष चयन गर्न बाँकी रहेको छ। बैतडी र बाजुरामा नयाँ व्यक्तिलाई जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी दिइएको छ।

को को भए जिल्ला कमिटी अध्यक्ष?

नेपाल-खनाल समूहले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउने अभियान चलाइरहेको छ। उक्त अभियान स्वरुप वडा तहसम्म कमिटी गठन गर्ने नेताहरुले बताएका छन्। त्यसैले सुदुरपश्चिममा पनि दुई हप्ताभित्रै कमिटी गठन गरिसक्नेगरी गृहकार्य भइरहेको हो।

बैतडी, बाजुरा र दार्चुला बाहेक ६ जिल्लामा नेकपा एकता हुनु अगावै रहेको एमालेको अधिवेशनबाट चुनिएका अध्यक्षहरूलाई जिम्मेवारी दिइएको छ। बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावललाई नयाँ अध्यक्षको जिम्मेवारी दिइएको बैठकमा सहभागी एक नेताले बताए। दार्चुलामा भनि अध्यक्ष चुनिएको छैन्।

‘दार्चुलामा सल्लाह गर्न बांकी रहेकाले त्यहाँ बाहेक सबै जिल्लामा जिम्मेवारी तोकिएको छ। बैतडी र बाजुरा बाहेक जिल्लामा एमालेकै अधिवेशनबाट चुनिएका अध्यक्षहरूलाई जिम्मेवारी दिएका छौँ। उनीहरूलाई १५ दिन भित्रै जिल्ला तहको कमिटीलाई पूर्णता दिन भनेर निर्देशन गरिएको छ,' उनले भने।

कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्र बहादुर मल्ल, डडेलधुरामा तारा जोशी, अछाममा शेर बहादुर कुँवर र बझाङमा दिल बहादुर सिंहलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

नेताहरुका अनुसार पार्टीको जिल्ला तहको अवस्थाबारे अध्यक्षहरूले बैठकमा ब्रिफिङ गरेका थिए। १५ दिन भित्र जिल्ला कमिटीहरूलाई व्यवस्थित गर्ने निर्देशन गरिएको छ।

'हामी पार्टी एकता हुनु अगाडीकै पूर्व नेकपा एमालेको अवस्थामा छौँ। सोही अनुरूप पार्टीको विधान जस्तो छ त्यसरी नै अघि बढ्ने भन्ने सहमति भएको छ। प्रदेश समितिमा केही थपघट गर्नुपर्ने र केन्द्रमा थपघट गर्नुपर्नेहरूलाई पनि सिफारिस गरिएको छ। त्यसको अभिलेखीकरण गर्न चाँही बाँकी रहेको हुनाले त्यसपछि मात्र घोषणा गरिने भन्ने भएको छ। केही प्रस्तावहरू पनि छन् तिनको जानकारी सोही समयमा गराइनेछ,' बैठकमा सहभागि एक नेताले भने।

'समानान्तर कमिटी होइन'

प्रदेश र जिल्लामा गरिएको समानान्तर कमिटी गठनको औपचारिक जानकारी भने नेपाल-खनाल समूहले गराएको छैन्।

प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले बैठकका निर्णयहरू पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताए। उनले एमालेको नवौँ राष्ट्रिय महाधिवेशन अनुसार नै आफूहरू अघि बढेको बताए।

उनले आफ्नो समूहले समानान्तर कमिटी गठन गरेको नभइ पुरानै कमिटीलाई विस्तार मात्रै गरेको दाबी गरेका छन्।

माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघि एमालेको सुदूरपश्चिम कमिटी ७१ सदस्यीय रहेकोमा एकतापछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) हुँदा उक्त कमिटी १८२ सदस्यीय बनेको थियो। मंगलवार गठन भएको रावलको संयोजकत्वको कमिटीको संख्याबारे भने टुंगो लागिसकेको छैन्।

नेपाल खनाल समूहले मंगलवार सम्पन्न प्रदेश कमिटीको बैठकमा प्रदेश सभाका अधिकांश सांसदरु बैठकमा उपस्थित रहेको दाबी गरेका छन्। एमालेका २५ जना सांसदमध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित रहेको नेपाल-खनाल समूहको दाबी छ।

बैठकमा एमालेका सांसद लीलाधर भट्ट, रतन थापा, नेपालु चौधरी, गेल्बुसिंह बोहरा, माया तामाङ बोहरा र पठानसिंह बोहरा बाहेकका सांसदको उपस्थित रहेको थियो।

लेखराजको चर्को बिरोध, भीम रावलको स्वागत

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते आफू निकट नेताहरुको बैठक बोलाएर केन्द्रीय कमिटीमा माओवादीका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। फागुन २८ गतेको बैठकबाट ओलीले नेपाल समूहका नेताहरुलाई प्रदेश इञ्जार्जको जिम्वारीबाट हटाएका थिए। सुदुरपश्चिममा पनि भीम रावललाई प्रदेश इञ्चार्जको जिम्मेवारीबाट हटाउँदै ओलीले माओवादीबाट एमालेमा प्रवेश गरेका माओवादीबाट उद्योग मन्त्री बनेका लेखराज भट्टलाई जिम्मेवारी दिएका थिए। उक्त निर्णयसँगै नेपाल-खनाल समूहले सुदूरपश्चिममा चर्को विरोध गरेको थियो।

आइतबार धनगढी पुगेका रावलले ओली समूहले फागुन २८ गतेको बैठकबाट गरिएका अवैध निर्णय खारेज गरेको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell