PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आजबाट चिनियाँ खोप 'भेरोसेल' लगाउन सुरु

आजबाट चिनियाँ खोप 'भेरोसेल' लगाउन सुरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोभिड १९ विरुद्धको खोप अभियान पुन: सुरु भएको छ। चीनमा उत्पादित 'भेरोसेल' भ्याक्सिन दिन आजबाट सुरु गरिएको छ।

निश्चित वर्गलाई आजबाट चिनियाँ भ्याक्सिन लिन सुरु भएको हो। जसअनुरुप चीनमा छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थी, अत्यावश्यक सेवामा खटिएका कर्मचारी लगायतलाई खोप प्रदान गरिनेछ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रि वि शिक्षण अस्पताल लगायत १४ वटा स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell