PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भक्तपुरमा हुने भयो बिस्का जात्रा, 'जनभावनाको कदर गर्दै नगरपालिकाले गरेको निर्णयमा प्रशासन सकारात्मक'



भक्तपुरमा हुने भयो बिस्का जात्रा, 'जनभावनाको कदर गर्दै नगरपालिकाले गरेको निर्णयमा प्रशासन सकारात्मक'

काठमाडौं : भक्तपुरमा बिस्का जात्रा हुने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसलाई कारण देखाउँदै बिस्का जात्रा नगर्ने निर्णय गरेको थियो। प्रशासनको उक्त निर्णयको विरोधमा स्थानीयले तीनदिन देखि प्रदर्शन गर्दै आएका थिए। प्रशासनले सबै क्षेत्र खुला गर्ने र कोरोना भित्रिन नदिन भन्दा जात्रा संचालन गर्न नदिन केन्द्रीत भएको भन्दै स्थानीयले जसरी भए पनि यसपटक जात्रा गरि छाड्ने चेतावनी दिएका थिए। बिस्का जात्रा संचालन गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए। उक्त रिटमा आजै सर्वोच्चले विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको छ।

काठमाडौं उपत्यकामा अहिले धेरै स्थानमा जात्रा हुने समय भएकाले बिस्का रोक्ने निर्णयको चौतर्फी विरोध भएको थियो। जनदबाब बढ्दै गएपछि यसवर्ष स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै बिस्का गर्ने निर्णयमा प्रशासन र सरोकारवाला निकाय पुगेको हो।

भक्तपुर नगरपालिकामा बसेको नागरपालिका विपत् व्यवस्थापन केन्द्र र बिस्का जात्रासँग सम्बन्धित सरोकारवालाहरुबिच भएको बैठकले अनशासित र मर्यादित रुपमा स्वास्थ्य मापदण्ड पालना गरि सभ्य रुपमा जात्रा सम्पन्न गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई सहितको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले बिस्का जात्रा अन्तर्गत भैरवनाथको रथ तान्ने, य:सिं उभ्याउने र ढाल्ने समेत निर्णय गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यलयले रथ तान्ने र य: सिं नठड्याउने निर्णय गरेको थियो। नगरपालिका र स्थानीय गुठीका प्रतिनिधि बिना नै प्रशासनले उक्त निर्णय गरेपछि अन्यौल र विरोध बढेको थियो।

सम्बन्धित समाचार : प्रशासनसँग असन्तुष्ट भक्तपुर : 'बिस्का रोक्न पाइँदैन' भन्दै धिमे भुस्या बजाएर विरोध प्रदर्शन

बिस्का जात्रा : ङातापोलमा मैनबत्ती बालेर प्रशासनको विरोध

बैठकमा सांसद सुवालले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राबारे जनताको मनोभावना समेटिने ढंगले जात्रा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।   उनले भारतमा कोभिड १९ को नयाँ प्रजातिले महामारीको रुप लिएको र केही स्थानहरूमा कर्फ्यू समेत लगाइसकेको अवस्थामा नेपाल—भारतबीचको खुला सीमाका कारण नेपालमा पनि संक्रमण दर बढ्न सक्नेतर्फ सबैजना सचेत रहनुपर्ने बताएका थिए।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले विगतका दिनदेखि नै नगरपालिकाले बिस्का जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने बताए।

बैठकमा भक्तपुर जिल्लाका प्रजिअ प्रेम प्रसाद भट्टराईले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस वर्षको ‘भैरवनाथको रथ तान्ने जात्रा र लिंगो उठाउने र ढाल्ने जात्रालाई प्रशासनले केही कडाइ गरेको स्वीकार्दै जनभावनाअनुरुप नगरपालिकाले गर्ने निर्णयमा आफू सकारात्मक रहेको बताए।

जिल्ला प्रशासनले एकलौटी रुपमा निर्णय गरेको भन्दै स्थानीयले केही दिन यता विरोध र्‍याली र जनसभाहरु गर्दै आएका थिए। मंगलबार टौमढीमा भेला भएर स्थानीयले प्रहरी कार्यालय बाहिर धर्ना दिएका थिए। बुधवार भने उनीहरुले नगरपालिका बाहिर नाराबाजी गर्नुका साथै  ङातापोलमा उभिएर विरोध प्रदर्शन गरेका थिए। 

स्थानीयले नगरपालिका र प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै बिस्का गर्न दिने निर्णयको स्वागत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell