PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

२४ घण्टामा २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण, दुई जनाको मृत्यु



पहिलोपोस्ट

२४ घण्टामा २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौँः पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ९८ जनामा कोभिड पोजेटिभ देखिएको हो। सोही अवधिमा ७४ जना सङ्क्रमणमुक्त भएका छन्। २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यो अवधिमा ४ हजार १ सय जनाको पिसिआर परीक्षण गरिएको थियो।

अहिलेसम्म देशभर २ लाख ७८ हजार ७ सय ६८ जनामा कोभिड सङ्क्रमण भइसकेको छ। ३ हजार ३८ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म २२ लाख ९८ हजार १ सय ६७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो केही दिनयता कोभिड संक्रमितको सङ्ख्या बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell