PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मकवानपुरको गढी गाउँपालिकामा पानीको अभाव, डढेलोले खानेपानी पाइप नष्ट



निशा गुरुङ

मकवानपुरको गढी गाउँपालिकामा पानीको अभाव, डढेलोले खानेपानी पाइप नष्ट

हेटौंडा : डढेलोका कारण मकवानपुरगढीको खानेपानी तथा सिंचाइका पाईपमा क्षती पुगेको छ। मंगलबार मकवानपुरगढी २ को सानोगढीबाट सुरु भएको डढेलोले मकवानपुरगढी बृहत खानेपानीको १४० एमएमको करिब १०० मिटर तथा ५० एमएमको करिब १०० मिटर पाइप नष्ट भएको छ।

त्यसैगरी, प्रथम धवाडी सिंचाइ , माथिल्लो धवाडी सिंचाइ, धवाडी दोश्रो खानेपानी र धरमपानी खानेपानी अन्न्तर्गका ४०० मिटर पाईप नष्ट भएको धवाडी दोश्रो खानेपानी उपभोक्ता समुहका सचिव ईमनाथ तिमल्सिनाले बताए। भिर र अप्ठ्यारो ठाउँ भएकोले गाउँहरुले आगो निभाउने प्रयास गर्दा पनि निभाउन नसकिएको तिमल्सिनाले बताए।

यसैगरी मकवानपुरगढी बृहत खानेपानी योजना अन्तर्गतको भालुन्टार क्षेत्रमा ४० र ३२ एमएमको गरि २०० मिटर र भानु मावी नजिक ६३ एमएमको १५० मिटर पाईप डढेलो कै कारण नष्ट भएको बृहत खानेपानी उपभोक्ता समुहका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले बताए। पाईप नष्ट हुँदा मकवानपुरगढी वडा नम्बर २, ३ र ४ का गरि करिब १५ सय घरपरिवार प्रभावित भएका छन्।

पाइप नष्ट भएका ठाउँमा नयाँ पाईप ल्याई मर्मत गर्न समय लाग्ने भएकोले केही दिन पानीको उपलब्धता गराउन नसकिने भएका कारण वैकल्पिक उपाए नहुन्जेल वा मर्मत कार्य अवधीभर पानीको प्रयोग कम गर्न आग्रह गरिएको छ। वृहत खानेपानी उपभोक्ता समुहका सचिव कृष्ण प्रसाद पोखरेलले वैकल्पिक उपाए अपनाउन सबैलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell