PahiloPost

Apr 12, 2021 | ३० चैत्र २०७७

श्रीलंका पुलिसविरुद्ध आर्मीको फराकिलो जित, नवयुगको दोहोरो गोल



पहिलोपोस्ट

श्रीलंका पुलिसविरुद्ध आर्मीको फराकिलो जित, नवयुगको दोहोरो गोल

काठमाडौं: एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५-१ गोल अन्तरले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा आर्मीले सहज जित निकालेको हो। जितसँगै आर्मीले भारतको बेंग्लुरु क्लबसँग भेट पक्का गरेको छ।

खेलबाट सुरुबाटै दबाब बनाएको थियो आर्मीले। २७औँ मिनेटमा इभान्स एसेन्टेले गोल गरेर श्रीलंकाका लागि अग्रता बनाएका थिए। ३३औँ मिनेटमा नवयुगको क्रसमा राम्रो अवसर बनेको थियो। भरत चुके। ३८ औँ मिनेटमा पनि हेडिङमा राम्रो अवसर थियो। ४० औँ मिनेटमा सन्तोष तामाङले गोल फर्काए। ४३औँ मिनेटमा नवयुग श्रेष्ठले आर्मीलाइ अग्रता दिलाए। ५० मिनेटमा टंकबहादुर बस्नेतले गोल गरे।

८३औँ मिनेटमा सुदिल राइले गोल थपे। उनी टंकबहादुर बस्नेतको स्थानमा सब्टिच्युट भएर आएका थिए। ९० औँ मिनेटमा नवयुगको गोलसँगै नेपालले ५-१ को फराकिलो जित हात पार्‍यो।

मैदानमा कोभिड पछिको सवधानीमा थ्री नेसन्स कपको तुलनामा धेरै सावधानी अपनाइएको थियो। कुर्सी बीचमा ग्याप राखेको थियो। जितसँगै आर्मी प्रिलिमिनरी राउण्डको दोस्रो चरणमा प्रवेश गरेको छ। दोस्रो चरणमा आर्मीले बेङ्लुरु एफसीसँग अप्रिल १४ मा खेल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell