PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तस्विरमा श्रीलंका पुलिसमाथि आर्मीको शानदार जीत, श्रीलंकन कोच रोहन भन्छन्, मार्जिन ठूलो भए पनि गेम राम्रो खेल्यौँ

तस्विरमा श्रीलंका पुलिसमाथि आर्मीको शानदार जीत, श्रीलंकन कोच रोहन भन्छन्, मार्जिन ठूलो भए पनि गेम राम्रो खेल्यौँ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५-१ गोल अन्तरको शानदार जित हासिल गरेको छ। दशरथ रंगशालामा भएको खेलमा आर्मीले सहज जित निकालेको हो। जितसँगै आर्मीले भारतको बेंग्लुरु क्लबसँग भेट पक्का गरेको छ।

खेलपछि श्रीलंका प्रहरीका कोच रोहन थिलाक अल्पोन्सुले मार्जिन ठूलो भए पनि राम्रो खेल खेलेको प्रतिक्रिया दिए।

उनले भने, 'हामी टिम गेमसँग सन्तुष्ट छौँ। हाम्रो डिफेन्ड लाइनमा कमजोरी रह्यो। मार्जिन त ठूलो रह्यो तर हामीले हाम्रो हिसाबले राम्रो गेम खेल्यौँ। आर्मीले राम्रो पोजिसन बनायो।'

आर्मी क्लबका कोच नवीन न्यौपानेले लक्ष्य अनुसार खेल खेलेको बताए। न्यौपानेले भने, 'उनीहरुले अनुभवी खेल देखाए। जुन लक्ष्य थियो त्यसमा हाम्रा खेलाडीहरुले शतप्रतिशत दिए। सुरुमै काउन्टर गोल खाए पनि केटाहरुले प्यासन राखेर खेले। उनीहरुको फिटनेस कमजोरी थियो। एउटा लेभल काट्यौँ तर अगाडिका चरण कठिन छन्।'

 



ट्रेन्डिङ पोस्ट

Ncell