PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पोर्टोमाथि चेल्सीको सहज जित



पहिलोपोस्ट

पोर्टोमाथि चेल्सीको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सीले पोर्चुगिच क्लब पोर्टोमाथि जित निकालेको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा चेल्सीले २-० सहज जित निकालेको हो।

चेल्सीको जितमा म्यासन माउन्ट र बेन चिलवेलले गोल गरे।

खेलको ३२ औं मिनेटमा जोर्गिन्होको पासमा माउन्टले गोल गरेपछि पहिलो हाफमा चेल्सी एक गोलले अघि रह्यो। दोस्रो हाफमा फेरि चेल्सीले अर्को गोल थप्यो। खेलको चिलवेलले ८५ औं मिनेटमा गोल गरे। र, चेल्सीले २-० को जित निकाल्यो।

यी दुई टोली बीचको दोस्रो लेगको खेल अप्रिल १४ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell