PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना संकट बढ्दै जाँदा लकडाउन गर्न ब्राजिलियन राष्ट्रपतिद्वारा अस्वीकार



कोरोना संकट बढ्दै जाँदा लकडाउन गर्न ब्राजिलियन राष्ट्रपतिद्वारा अस्वीकार
File Photo: Adriano Machado/Reuters

ब्राजिलियन राष्ट्रपति जैर बोलसोनारोले देशव्यापी लकडाउन गर्ने अहिले कुनै योजना नभएको बताएका छन्।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ३ हजार ८२९ जनाको मृत्यु भएको छ भने मंगलबार ४ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको थियो। तर राष्ट्रपति बोलसोनारोले भने कोरोनाको कारणभन्दा लकडाउनको कारणले अर्थतन्त्र बिग्रिने बताउँदै आएका छन्। ब्राजिलमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्दा समेत उनले संक्रमण नियन्त्रण गर्न कुनै काम नगरेको भन्दै आलोचना भइरहेको छ। तर राष्ट्रपति भने संक्रमण रोक्न लकडाउन नगर्ने पक्षमा देखिएका हुन्।

'नागरिकहरुलाई घरमा थुन्ने र सबैकुरा बन्द गर्ने राजनीति हामीलाई स्वीकार छैन। देश्व्यापी लकडाउन हुँदैन' उनले भने।

ब्राजिलमा ३ लाख ३६ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने १ करोड ३१ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।

ब्राजिलमा एकैदिन ४ हजारभन्दा बढीको मृत्यु, राष्ट्रपति कोरोना नियन्त्रण प्रति अझै उदासीन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell