PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'ओए काजल' बोलको गीतले युट्युबमा पायो दुई करोड भ्युज  



पहिलोपोस्ट

'ओए काजल' बोलको गीतले युट्युबमा पायो दुई करोड भ्युज  

काठमाडौंः गायक तथा मोडल चक्र बमले 'ओए काजल' बोलको गीतले आफुलाई देशैभरि चिनाएको र गीतले नसोचेको सफलता हात परेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‌'ओई काजल' टिमले युट्युबमा दुई करोड भ्युज पाएको उपलक्ष्यमा सेलिब्रेसन गरेको थियो।

'ओए काजल' गीतले देशभरका सबै भेगमा उतिकै रुचाएको गायक बमले सुनाए।

'म एकदमै खुसी छु। भेगका लागि गाएको गीत देशैभरिबाट मन पराइदिनु भएको छ। हाम्रो सुदूरपश्चिमतिर त भ्युज हेर्ने हो भने करोड त के, दश लाख पनि पुग्दैन।' उनले भने।

कोरोनाले दिएको समयलाई सदुपयोग गर्दै 'काजल' ल्याएको बताउँछन् चक्र। भन्छन् 'सुदूरपश्चिममा बोल्ने टोन, भाषा र गीतहरु त्यहीं मात्र सीमित हुन थालेको थियो। म त्यहाँको भएको हिसाबले किन मेरो ठाउँको चिजहरु मेरो ठाउँमा मात्रै बज्छ। किन अरु ठाउँ जान सक्दैन भन्ने रिर्सचमा लागे। जसकारण 'ओई काजल' जन्मियो।'

सबैले मेरै हो भनि सुनिदिएर गीतसंगीतको कुनै भाषा, भेग र सीमा हुँदैन भन्ने प्रमाणित गरेको उनले सुनाए।

उनी आफ्ना गीतमा सुदूरपश्चिमेली भाषा र देउडाको मेलोडी मिसाउँछन्। 'ओई काजल' मा गीतमा स्वर, शब्द, म्युजिक र अभिनय समेत चक्रको नै रहेको छ। स्टेज प्रर्फमर भएकाले यो गीत स्टेजमा गाएर धोको मेट्न नपाएको सुनाउँछन् चक्र।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell