PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो, एजेण्डा के?



पहिलोपोस्ट

कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो, एजेण्डा के?

काठमाडौ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।

चैत २७ गते शुक्रवार बस्ने भनिएको बैठक ३० गते सोमबार दिउँसो २ बजे बस्नेगरी सरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। तयारी नपुगेकाले बैठक सरेको बताइएको छ।

नेता एनपी साउदले आसन्न महाधिवेशन र समसामयिक राजीनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell