PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

आरबीबी एनभीए नेशनल क्लब लिगको पुरुष तर्फको उपाधि हेल्प नेपाललाई

आरबीबी एनभीए नेशनल क्लब लिगको पुरुष तर्फको उपाधि हेल्प नेपाललाई

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  आरबीबी एनभीए नेशनल क्लब लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न फाइनल खेलमा हेल्प नेपालले एपीएफलाई हराउँदै प्रतियोगिताको उपाधि जितेको हो।

फाइनलमा हेल्प नेपालले एपीएफमाथि ३-० को सोझो सेटमा जित निकालेको थियो।

फाइनलमा २५-१४,२०-२५ र २५ - २२ को सेटमा हेल्प नेपालले जित निकाल्यो।  दोस्रो सेटमा सुरुबाटै एपीएफले अग्रता लिए पनि १७-१७ को अवस्था पछि हेल्प नेपाल अघि बढेको थियो।

यसअघि बुधवार भएको लिग चरणको अन्तिम खेलमा एपीएफले हेल्प नेपालमाथि नै ३-० को सोझो सेटमा जित निकाल्दै फाइनलमा यात्रा सुरक्षित गरेको थियो। उक्त खेलमा १३ औँ सागमा भारतले स्वर्ण जित्दा कप्तानी गरेका विनित कुमार लगायतका खेलाडीलाई हेल्प नेपालले विश्राम दिएको थियो। उक्त खेलमा कमजोर टिम उतारेको भन्दै आलोचना समेत बेहोरेको थियो।

तीन जना भारतीय खेलाडी सहित प्रतियोगितामा उत्रिएको हेल्प नेपालले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

च्याम्पियन हेल्प नेपालले ३ लाख नगद रुपैयाँ सहित ट्रफी हात पार्नेछ। दोस्रो हुने एपीएफले १ लाख ५०



ट्रेन्डिङ पोस्ट

Ncell