PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

मिनी संसदमा 'ने क पा' हुन बाध्य भएको भन्दै एमाले सांसदको आक्रोश, सभामुखको ध्यानाकर्षण



पहिलोपोस्ट

मिनी संसदमा 'ने क पा' हुन बाध्य भएको भन्दै एमाले सांसदको आक्रोश, सभामुखको ध्यानाकर्षण

काठमाडौं: नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदीय समितिमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन्।

फागुन २३ को सर्वोच्चको फैसलाबाट नेकपा एकता खारेज भई एमाले र माओवादी केन्द्र अलग भइसकेको परिपेक्ष्यमा संसदीय समितिहरुमा नेकपा भनेर चिनिएकोमा उनले आपत्ति जनाए। प्रतिनिधिसभा बैठकमा एमाले भनेर बसेको तर समितिमा नेकपा भनेर चिनिएको भन्दै उनले यसलाई तत्काल व्यवस्थापन गर्न उनले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए।

संविधान, कानुन, दलसम्बन्धी ऐन, प्रतिनिधिसभा नियमावलि विपरित रहेको उनको भनाइ थियो। ‘यहाँ एमाले हुने, मिनि संसदमा नेकपा भनेर चिनिने? यो संसदको प्रभावकारीमाथिको गम्भीर प्रश्न हो। कानुन, संविधान, नियमावलि विपरित छ। असंवैधानिक काम उक्साउन हुँदैन। समितिमा प्रतिनिधित्व दलको शक्तिको आधारमा हुनुपर्छ,’ उनले भने।

‘अहिले एमाले र माओवादी केन्द्र भइसक्यो । नेकपा एमाले आफ्नो संसदीय समितिमा एमाले बनेर बस्न चाहन्छ,’ अधिकारीले भने, ‘सहमति भनेर नेकपा भनेर बाध्य पारेर समिति हुन सक्दैन। एमाले सबैभन्दा ठूलो पार्टी हो। यसको प्रतिनिधित्व त्यसअनुसार समितिमा हुनुपर्छ,’ उनले भने।

अधिकारीले आजकै बैठकबाट व्यवस्थापन गर्न सभामुखलाई आग्रह गरे। जवाफमा सभामुख सापकोटाले कार्यव्यवस्था समितिमा यसबारे छलफल भएको र समितिहरुबाट नाम आएपछि हेरफेर हुने जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell