PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

संसदमा उठ्यो लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्नुपर्ने माग



पहिलोपोस्ट

संसदमा उठ्यो लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्नुपर्ने माग

काठमाडौं: भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्नुपर्ने माग प्रतिनिधिसभामा उठेको छ।

आजको बैठकको शून्य समयमा सांसद विमला विश्वकर्माले भूमि यथाशिघ्र फिर्ता ल्याई २०७८ सालको जनगणना गर्न माग गरिन्।

उनले मेचम्चीको पानीदेखि पुनर्निर्माणसम्म काम गरेर विकासका लहर छरेको भन्दै भूमि फिर्ता ल्याएर अपमान भयो, प्रतिगमन भयो भन्नेलाई जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिन्।

‘राष्ट्रिय एकता, भौगलिक अखण्डताका जोगाइरहेको सरकारले अब लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई यथाशिघ्र फिर्ता ल्याई २०७८ सालको जनगणनामा समावेश गर्नुपर्छ,’ उनले भनिन्।

विश्वकर्माले नक्सामा भूमि ल्याउनु अपराध हो भने भूमि फिर्ता ल्याई जनगणना गरेर अर्को अपराध गर्न प्रधानमन्त्रीलाई उनले आग्रह गरिन्।

जनगणनाको तयारी तीव्र हुँदा सरकारले उक्त भूमिमा गणना गर्ने/नगर्ने निर्णय लिन सकेको छैन। २०१८ सालपछि उक्त भूमिमा जनगणना हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell