PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कलाकार तथा निर्माता भुवन केसीले फिल्म 'माइतीघर २' बनाउने



पहिलोपोस्ट

कलाकार तथा निर्माता भुवन केसीले फिल्म 'माइतीघर २' बनाउने

काठमाडौंः कलाकार तथा निर्माता भुवन केसीको निर्माणमा फिल्म 'माइतीघर २' बन्ने भएको छ।

निजी क्षेत्रको लगानीमा बनेको पहिलो फिल्म 'माइतीघर' को पछाडि २ थपेर निर्माता तथा कलाकार भुवन केसीले नयाँ कथामा फिल्म बनाउने भएका छन्।

'माइतीघर २' काजोल फिल्मले निर्माण गर्ने र आफ्नो ब्यानरमा दर्ता समेत गराइसकेको भुवनले जानकारी दिए। 'माइतीघर २ बनाउने निर्णय गरेका छौँ। हामीले पारस र माइतीघर २ फिल्म सँगसँगै बनाउने तयारी गरिरहेको छौँ। त्यसमा कुन पहिले बनाउने भन्ने टुङ्गो लागेको छैन,' उनले सुनाए।

सुबोध चोपडाले निर्देशन गर्ने फिल्ममा मुख्य भूमिकामा अभिनेता अनमोल केसी रहने छन्। फिल्ममा अभिनेत्री भने फाइनल गरिएको छैन।

कोरोनाको जोखिम कम भएपछि दुई फिल्ममध्ये एक फिल्मको छायाङ्कन गर्ने समेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell