PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

२६ जना सहसचिव/उपसचिवको सरुवा तथा पदस्थापन,केही जिल्लाका सिडिओ समेत फेरिए

२६ जना सहसचिव/उपसचिवको सरुवा तथा पदस्थापन,केही जिल्लाका सिडिओ समेत फेरिए

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः गृह मन्त्रालयले २६ जना उपसचिव तथा सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।

आज बसेको मन्त्रिस्तरिय बैठकले सरुवा तथा पदस्थापनको निर्णय गरेको हो। सरुवा तथा पदस्थापनसँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत फेरिएका छन्। बाँके, बैतडी, रोल्पा, डोटी लगायत जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ।

सहसचिव शिवराम गेलालको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ। त्यस्तै सहसचिव होमप्रसाद लुइँटेलको जिल्ला प्रशासन कार्यालय लमजुङ सरुवा भएको गृह मन्त्रालयले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell