PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

मन्त्रीको दिमाग सफा गर्न भन्दै झाडु, भ्याकुम क्लिनर लिएर उत्रे युवा : माग स्वास्थ्य संकटकालको

मन्त्रीको दिमाग सफा गर्न भन्दै झाडु, भ्याकुम क्लिनर लिएर उत्रे युवा : माग स्वास्थ्य संकटकालको

रोजन श्रेष्ठ/पहिलोपोस्ट


पछिल्लो समय वायु प्रदुषण बढ्दो छ। देशका विभिन्न स्थानमा लागेको डढेलो तथा वायु प्रदुषणका कारण जनस्वास्थ्यमा संकट पैदा भएको भन्दै यससम्बन्धी चासो राख्ने युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

हरिन नेपालको संयोजनमा भएको प्रदर्शनमा उत्रेकाहरुले स्वास्थ्य संकटकाल घोषणा गर्नसमेत माग गरे। उनीहरुले सडकमा भ्याकुम क्लिनरदेखि झाडु लिएर उत्रेका थिए। उनीहरुले 'हाम्रो फोक्सो पनि भ्याकुम क्लिनर भइसक्यो', 'सरकार सास फेर्न दे', 'हामी हावा फेर्ने कि धुलो', 'म चाहिँ मन्त्रीहरुको दिमाग सफा गर्न हिडें' जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell