PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पत्रकार महासंघ मकवानपुरको नेतृत्वमा गौतम



पहिलोपोस्ट

हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन्। प्रेस चौतारीका बालकृष्ण अधिकारीलाई पराजित गर्दै प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनतर्फका गौतम निर्वाचित भएका हन्।

अध्यक्ष पदका लागि गौतमले एक सय र अधिकारीले ५६ मत प्राप्त गरेका थिए। यस्तै, महासंघको उपाध्यक्ष पदमा धुर्व अधिकारी, महिला उपाध्यक्षतर्फ सरला अधिकारी, खुल्ला सचिवतर्फ शुभलक्ष्मी विश्वकर्मा, सह-सचिव समावेशीतर्फ मन्दिरा बानियाँ (मानवी), सह-सचिव खुल्लातर्फ यमप्रसाद पौडेल (एमपी शर्मा) र कोषाध्यक्षतर्फ केशव समर्पण सुवेदी निर्वाचित भएका छन्।

यसैगरी, सदस्य महिलातर्फ रुपा गुरुङ, सदस्य दलिततर्फ शान्ति सुनार, सदस्य आदीवासी जनजातितर्फ नवराज वाईबा र सदस्य (मधेशी) तर्फ आदित्य कर्ण निर्वाचित भएका छन्। यस्तै, खुल्लातर्फको सदस्यमा क्रमशः अर्जुन सञ्जेल, उज्वल अधिकारी, प्रदिप अधिकारी, बलराम पुडासैनी, रेवती प्रसाद तिमल्सिना (नविन), विजय पौडेल र श्रृजना नेपाल निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell