PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

पछिल्लो २४ घण्टामा ३ सय ३२ जना कोभिड १९ सङ्क्रमण पुष्टी, मृत्यु सङ्ख्या भने शून्य



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा ३ सय ३२ जना कोभिड १९ सङ्क्रमण पुष्टी, मृत्यु सङ्ख्या भने शून्य

काठमाडौंः केही दिनयता देशभर कोभिड १९ संक्रमितको सङ्ख्या बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा पनि संक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोभिड पोजेटिभ देखिएको हो। यो अवधिमा ४ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको थियो।

२४ घण्टाको अवधिमा ७९ जना सङ्क्रमण मुक्त भएका छन्। यही अवधिमा संक्रमितको मृत्यु सङ्ख्या भने शून्य रहेको मन्त्रालयले जानकारी दिएको छ।

देशभर अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७७ हजार १ सय पुगेको छ। अहिलेसम्म ३ हजार ३८ जना सङ्क्रमित भएका मानिसको मृत्यु भएको छ। विभिन्न सरकारी तथा निजी ल्याबहरूमा अहिलेसम्म २३ लाख २ हजार १ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ।

देशभर संक्रमितिको सङ्ख्या थपिदैं जाँदा सरकारले भिडभाड हुने ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ। बिहीबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमितको सङ्ख्या बढेर उच्च भए बाध्य भएर लकडाउन गर्नुपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell