PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

छोरी मीताको शब्दमा 'गणेशमान सिंहको संघर्ष'



पहिलोपोस्ट

छोरी मीताको शब्दमा 'गणेशमान सिंहको संघर्ष'

काठमाडौं : नेता गणेशमान सिंहको बारेमा संस्मरणात्मक पुस्तक 'गणेशमान सिंहको संघर्ष' प्रकाशन हुने भएको छ। सांग्रिला बुक्सले आवरण सार्वजनिक गर्दै उक्त पुस्तक प्रकाशनको घोषणा गरेको हो। संस्मरण डाक्टर मीता सिंहले लेखेकी हुन्। मीता गणेशमानकी छोरी हुन्।

चैत्र २६, २०४६ सालको जन-आन्दोलन सफल भएको दिनको सम्झनामा पुस्तकबारे जानकारी दिइएको हो। प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको ४६ सालको जनआन्दोलन सर्वोच्च नेता गणेशमान सिंह कै नेतृत्वमा भएको थियो। यो पुस्तकले नेपाली राजनीति र  समाज रुपान्तरणमा गणेशमान सिंहको  योगदान र संघर्षको बारेमा जानकारी दिने प्रकाशकको दावी छ।

लेखिएको छ,'पुस्तकमा डा. मीता सिंहले प्रतिकूल अवस्थामा आन्दोलनको नेतृत्व गरेका नेता गणेशमान सिंहको बारेमा मात्र नभएर पिता गणेशमानको अर्को पाटो पनि उजागर गरेकी छिन्।'

पुस्तकले प्रजातान्त्रिक समाजवादका लागि गणेशमानले सन् १९३६ देखि १९९७ सम्म गरेको संर्घष वर्णन गर्दछ। साथै प्रजातन्त्रका आधारभुत मूल्य मान्यता बुझाउने बताइएको छ।  

पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा छापिने छ।

पुस्तकका बारेमा लेखक भन्छिन्‍, ' मैले यो किताब विशेष गरेर युवापुस्तालाई नेपालमा प्रजातन्त्र रातारात आएको होइन भनेर बुझाउन लेखेकी हुँ  लामो संघर्ष र धेरैको बलिदानीले आएको प्रजातन्त्रको कदर गर्दै यसका लागि लड्नेहरुप्रति हामीले सम्मान देखाउनुपर्छ।'

३१ वर्षअघि चैत २६ गते २०४६ सालको जनआन्दोलन सफल भयो। त्यस दिन खुलामञ्चमा लाखौंको संख्यामा उपस्थित  उत्साही जनतालाई सम्बोधन गर्दै गणेशमान सिंहले भनेका थिए – 'राजनीतिक आन्दोलनको सफलतापिछ अब आर्थिक क्रान्ति हुनुपर्छ र हाम्रो सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell