PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

आरबीबी एनभीए नेशनल क्लब लिगको महिलातर्फको उपाधि न्यु डाइमण्डलाई



पहिलोपोस्ट

आरबीबी एनभीए नेशनल क्लब लिगको महिलातर्फको उपाधि न्यु डाइमण्डलाई

काठमाडौं : आरबीबी एनभीए नेशनल क्लब लिगको महिलातर्फको उपाधि न्यु डाइमण्ड क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न फाइनल खेलमा हेल्प नेपाल पुलिसलाई हराउँदै डाइमण्ड क्लबले प्रतियोगिताको उपाधि जितेको हो।

फाइनलमा न्यु डाइमण्डले पुलिसमाथि ३-२ को सेटमा जित निकालेको हो। पहिलो सेटमा खराब सुरूवात गरेको न्यु डाइमण्ड २५-२२ ले पराजित भएको थियो। दोस्रो सेटबाट पुनरागमन गर्दै २५-११ र २५-१९ ले जित निकाल्यो। त्यस्तै, चौथो सेटमा २५-२१ ले पराजय ब्यहोरेपछि रोमाञ्चक बनेको पाँचौ सेटमा १५-११ अंकले जित निकाल्यो।

जितसँगै च्याम्पियन न्यु डाइमण्डले ३ लाख रूपैयाँ र ट्रफी र दोस्रो हुने नेपाल पुलिसले १ लाख ५० हजार जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell