काठमाडौं: नेपाली कांग्रेसले तीन दलको बैठक बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले भोलिको लागि तीन दलको बैठक बोलाएका हुन्।
बैठकको लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई भोलि ३ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ।
पछिल्लो समय दलहरुबीच सत्ता साझेदारीको लागि रस्साकस्सी चलिरहेको छ। कांग्रेसले वर्तमान सरकारलाई परिवर्तन गरेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेसँगै उसले माओवादी केन्द्र र जसपासँग वार्ताको पहल गरिरहेको छ।
माओवादी केन्द्रका एक नेताले बैठकबारे जानकारी आए पनि एजेण्डामा परामर्श नभएको बताए।