PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा कर्ण विजयी



पहिलोपोस्ट

पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा कर्ण विजयी

वीरगंजः नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस चौतारी र प्रेस मञ्चका साझा उम्मेदवार राजेशकुमार कर्ण विजयी भएका छन्। कर्णले ३४६ मत ल्याएका छन्।

उपाध्यक्षमा रामानन्दप्रसाद गुप्ताले ३६७ मतसहित विजयी भएका छन्। महिला उपाध्यक्षमा ज्योति झा र महासचिवमा श्याम बन्जारा विजयी भएका छन्।

सचिवमा अजितकुमार सिंह, समावेशी सचिवमा भोला पासवान विजयी भएका छन्। कोषाध्यक्षमा विश्वनाथ ठाकुर विजयी भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell