PahiloPost

May 15, 2026 | १ जेठ २०८३

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जना समातिए



पहिलोपोस्ट

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जना समातिए

काठमाडौं : हुन्डी कारोबारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा टोलीले पर्सागढी नगरपालिकाका ६० वर्षीय जोखन साई फकिर र तवारख देवान र उमेश शर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

ना १२ प ५०७३ नम्बरको मोटरसाइकलमा आइरहेका जोखन र तवारखलाई शंका लागि जाँच गर्दा उनीहरूको साथमा भएको १६ लाख रुपैयाँ फेला पारेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान गर्दा हुण्डीमा उमेश शर्माको समेत संलग्नता देखिएपछि नियन्त्रणमा लिएको हो।

उनीहरू विरुद्ध बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell