PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

स्वस्थ्य मन्त्रालयको सिफारिस : स्कुल कलेज बन्द गर



पहिलोपोस्ट

स्वस्थ्य मन्त्रालयको सिफारिस : स्कुल कलेज बन्द गर

काठमाडौं : पछिल्ला केही दिनयता देशभर कोभिड १९ संक्रमणको दर बढ्दै गएको छ।

छिमेकी राष्ट्र भारतमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि नेपालमा पनि यसको विस्तार देखिन थालेको हो। संक्रमण बढ्दा रोजगारीका लागि भारत पुगेका नेपालीहरु फर्किनेक्रम फेरि सुरु भएको छ। उनीहरु फर्केसँगै संक्रमण अझ तीब्र गतिमा देशव्यापी हुने सम्भावना उच्च छ।

त्यसैलेलाई मध्यनजर गरेर सरकारले भिडभाड हुने स्थानमा स्वास्थ्य मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ। त्यस्तै, पछिल्लो समय विद्यालयमा विद्यार्थीहरुमा कोभिड १९ संक्रमित दर बढेकाले सरकारले विद्यालयहरुको भौतिक रुपमा उपस्थित भएर गरिने पठपाठन बन्द गर्ने तयारी पनि गरेको छ। जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले विद्यालयको पठनपाठन बन्द गर्न सिफारिस गरिसकेको छ। 'भिडभाड हुने ठाउँबाट संक्रमण फैलिएको देखियो। त्यसैले बन्द गर्नुपर्ने भनेका हौं,' स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले भने।

मन्त्रालयले सीसीएमसीलाई विद्यालय बन्द गर्न सिफारिस गरेको हो। त्यस्तै, मन्त्रालयले यसअघि रात्रिकालीन व्यवसाय ९ बजेपछि अनिवार्य रुपमा बन्द गर्न आग्रह समेत गरिसकेको छ। बिहीवार मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभर ३ सय ३२ जनामा कोभिड पोजेटिभ देखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवारै एक कार्यक्रममा यसरी नै संक्रमण फैलिदै गए बाध्य भएर सरकार पूर्ण लकडाउन गर्ने अवस्थामा पुग्ने चेतावनी समेत दिएका थिए।

मन्त्रालयले भने विद्यालय मात्र होइन २५ जनाभन्दा बढी मानिसको जमघट हुने सम्पूर्ण स्थान बन्द गर्नुपर्ने बताउँदै आएको छ। सिनेमा हल, सपिङ मल लगायतका क्षेत्रमा २५ जना मानिसको भेला हुने स्थानमा पर्छ।

'हामीले त २५ जनाभन्दा बढी जमघट हुने क्षेत्र बन्द गर्नुपर्ने भनेका छौं। यस विषयमा छलफल भएको छ। चाँडै केही भए थाहा पाउनु हुने छ,' प्रवक्ता गौतमले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell