PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चोभारमा लागेको डढेलो नियन्त्रणमा आएपछि फेरि सल्कियो, तस्विरमा आदिनाथ क्षेत्रको अवस्था

चोभारमा लागेको डढेलो नियन्त्रणमा आएपछि फेरि सल्कियो, तस्विरमा आदिनाथ क्षेत्रको अवस्था

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : चोभारको आदिनाथ मन्दिर रहेको जंगल क्षेत्रमा विगत केही दिनयता डढेलो लाग्ने क्रम बढ्दो छ। देशभर ४०० भन्दा बढी क्षेत्रमा डढेलो लागेर वायु प्रदूषण बढेको बेला चोभारको जंगलमा पनि डढेलो लागेको हो।

शुक्रवार बिहानपनि आदिनाथ क्षेत्रमा डढेलो लाग्यो। स्थानीय, प्रहरी र सेनाले मिलेर डढेलो नियन्त्रणको प्रयास गरेका थिए। आगो निभाउन दमकल समेत ल्याइएको थियो। त्यसपछि केही समय आगो नियन्त्रणमा आएपनि फेरि डढेलो लागेको स्थानीयले बताए।

डढेलो के कारणले लाग्यो भन्ने खुलेको छैन। यद्यपि, लगातार डढेलो लाग्नुको पछाडी केही व्यक्तिहरुको संलग्नता हुन सक्ने अनुमान स्थानीयको छ। उपत्यका बाहिर भने हरियो घाँसको लोभमा केही स्थानमा मानिस आफैले जंगलमा आगो लगाउने गरेको पाइएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell