PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आजबाट सुरु हुँदै आईपीएल, उद्घाटन खेलमा बेङ्ग्लोर र मुम्बई भिड्ने



पहिलोपोस्ट

आजबाट सुरु हुँदै आईपीएल, उद्घाटन खेलमा बेङ्ग्लोर र मुम्बई भिड्ने

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण आजबाट सुरु हुँदैछ। अघिल्लो सिजन आईपीएलका खेलहरु कोरोना महामारीका कारण यूएईमा खेल भए पनि यसपटकको आईपीएलको सबै खेलहरु भारतमा नै सम्पन्न हुनेछन्। यद्यपि यो सिजनमा आठै फ्रेन्चाइजीहरुले आफ्नो गृहमैदानमा खेल्ने मौका पाउने छैनन्।

जारी प्रतियोगितामा नयाँ कप्तानका रुपमा सञ्जु सामसन र ऋषभ पन्त देखिने छन्। २३ वर्षे पन्तले दिल्ली र २७ वर्षे सामसनले राजस्थानको कप्तानी गर्नेछन्। यसपटक पनि आइपीएल बन्द स्टेडियममा हुनेछ।

प्रतियोगिताका खेलहरु अहमदाबाद, बेङ्ग्लोर, चेन्नइ, दिल्ली, मुम्बई र कोलकतामा हुनेछन्। पहिलो खेल चेन्नइको चिदम्बरम स्टेडियममा आज हुँदैछ। जसमा मुम्बई इण्डियन्स र बेङ्ग्लोर भिड्ने छन्। आईपीएलको ‍प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस् नेटवर्कमा हुनेछ। त्यस्तै लाइभ स्ट्रीमिङ डिज्नी हटस्टारमा हुनेछ।

आज हुने खेलमा एकातर्फ साविक विजेतासमेत रहेको पाँच पटकको आईपीएल विजेता मुम्बई इण्डियन्स रोहित शर्माको कप्तानीमा उत्रनेछ भने अर्कोतर्फ रोयल च्यालेन्जर्स बेङ्ग्लोर विराट कोहलीको कप्तानीमा उत्रनेछ।

मुम्बई इण्डियन्स

रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, अर्जुन तेन्दुल्कर, नाथन कुल्टर नाइल, ट्रेन्ट बोल्ट, जेम्स निसाम, जयन्त यादव, पियुष चावला, किरोन पोलार्ड, अनमोलप्रित सिंह, मोहसिन खान, युद्धवीर चरक, इशान किशन, आदित्य तारे, सौरभ तिवारी, जसप्रीत बुमराह, धवल कुलकर्णी, सूर्यकुमार यादव, मार्को जनसेन, क्रुणाल पाण्ड्या, एडम मिल्ने, क्रिस लिन, राहुल चाहर, हार्दिक पाण्ड्या र अनुकूल रोय

रोयल च्यालेन्जर्स बेङ्ग्लोर

विराट कोहली (कप्तान), मोहम्मद सिराज, एबी डिविलियर्स, डेनियल साम्स, शाहबाज अहमद, फिन एलेन, श्रीकर भरत, युजवेद्रसिंह चहल, नवदीप सैनी, काइल जेमिसन, डेन क्रिस्टियन, देवदत्त पड्डिकल, ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, सचिन बेबी, पवन देशपाण्डे, वाशिङ्गटन सुन्दर, हर्षल पटेल, एडम जाम्पा, केन रिचर्डसन्, रजत पाटीदार र मुहम्मद अजहरुद्दीन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell