PahiloPost

May 15, 2026 | १ जेठ २०८३

अबदेखि ट्राफिक जरिवाना अनलाइनबाट नै तिर्न सकिने



पहिलोपोस्ट

अबदेखि ट्राफिक जरिवाना अनलाइनबाट नै तिर्न सकिने

काठमाडौँः महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवानालाई अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाइन सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी सुरु  भैसकेको र त्यसैलाई निरन्तरता दिँदै अझ बढी सहज, सरल र सुविधायुक्त बनाउन आजदेखि आफ्नै बैङ्क खाताबाट सिधै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको जानकारी दिए।

यसले आम सवारी चालकहरूलाई जरिवाना तिर्न बैङ्कमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको छ।

महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरू बिचमा आबद्ध भई रियल टाइममा सम्बन्धित बैकको खाता मार्फत भुक्तान हुने गरी सिस्टम सञ्चालन गरेको महाशाखाले जनाएको छ।

आज देखी थप ४५ वटा बैङ्क तथा बित्तिय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell