PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सप्तरीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु, दुई जना घाइते



पहिलोपोस्ट

सप्तरीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु, दुई जना घाइते

जनकपुरधामः सप्तरीको शम्भुनाथ नगरपालिका ६ मा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा  एक युवकको मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्ग सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका  सप्तरीको खडक नगरपालिका–९ सर्पाका ३५ वर्षीय मो.अनवर अलिको मृत्युको प्रहरीले जानकारी दिएको छ। त्यस्तै अन्य दुई जना घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका अलीको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

मृतक युवकको शव हाल पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell