PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन



पहिलोपोस्ट

बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङहाम राजदरबारले जानकारी दिएको छ। राजकुमार फिलिप रानी एलिजाबेथ द्वितीयका पति हुन्।

बकिङहाम राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुःखका साथ महारानीले उनका श्रीमान एडिनबराका ड्यूक राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन्। महामहिमको आज बिहान विन्डसोर दरबारमा शान्तिपूर्वक निधन भएको छ।’

प्रधानमन्त्री बोरिस जोनसनले राजकुमार फिलिप कयौँ युवाको लागि प्रेरणाको स्रोत रहेको बताए।

डाउनिङ स्ट्रिटमा बोल्दै उनले भने, ‘उनले शाही परिवार र राजतन्त्रलाई अगाडि बढाउन मद्दत पुर्‍याए जसले गर्दा यो हाम्रो राष्ट्रिय जीवनको सन्तुलन र खुशीको लागि निर्विवाद रूपमा महत्वपूर्ण संस्था बनेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell