PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

माधव नेपाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा बनायो समानान्तर कमिटी



पहिलोपोस्ट

माधव नेपाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा बनायो समानान्तर कमिटी

विराटनगर : नेकपा एमालेको माधवकुमार नेपाल समूहले मोरङमा दुई वटा समानान्तर कमिटीको गठन गरेको छ।

पार्टीका वरिष्ठ नेता नेपालको उपस्थितिमा शुक्रवार मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटी गठन गरिएको हो। पार्टीका केन्द्रीय नेता घनेन्द्र बस्नेतले दुवै कमिटी गठन गरिएको निर्णय सार्वजनिक गरेका थिए।

जिल्ला कमिटीको अध्यक्षमा चन्द्रवीर राई छन्। उपाध्यक्ष दुई जनालाई बनाइएको छ। जसमा चण्डीप्रसाद राई र डा उद्धव पोखरेललाई राखिएको छ। सचिवमा राजन केसी मनोनीत गरिएका छन्। दुई उपसचिवमा ओसिम आलम र नीलम ढुङ्गेल चयन गरिएका छन्। त्यस्तै विश्वनाथ रायलाई आर्थिक प्रमुख बनाइएको छ। जिल्ला कमिटी ३ सय २५ सदस्यीय छ।

त्यस्तै, १ सय ७५ सदस्यीय महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्री भएका छन्। उपाध्यक्षमा खेम तिम्सिना र सचिवमा मीरा दाहाल छानिएका छन्। उपसचिवमा योगेश राजभण्डारी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell