PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ



पहिलोपोस्ट

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगंज महानगरपालिका वडा नम्बर १६ बाइपास सडकमा खटिएको प्रहरी टोलीले चेकिङको क्रममा एक जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-१ निवासी २० वर्षीय विशाल मुखिया रहेका छन्। उक्त मोटरसाइकल नगवास्थित ग्यारेजमा मर्मतका लागि दिएको मोटरसाइकल धनी अरविन्दकुमार पटेलले बताए।

ग्यारेजबाट उक्त मोटरसाइकल चोरी भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ। पक्राउ परेका मुखियालाई आजै जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell