PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आईपीएल: लगातार ९ औं सिजन मुम्बई इण्डियन्स पहिलो खेलमा पराजित, बेङ्ग्लोरको सुखद सुरुवात



पहिलोपोस्ट

आईपीएल: लगातार ९ औं सिजन मुम्बई इण्डियन्स पहिलो खेलमा पराजित, बेङ्ग्लोरको सुखद सुरुवात
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न उद्घाटन खेलमा साबिक विजेता मुम्बइ इण्डियन्स रोयल च्यालेन्जर्स बेङ्ग्लोरसँग पराजित भएको छ। मुम्बईले पराजयबाट आईपीएल सुरु गरेको यो लगातार नवौं सिजन हो। गएरातिको रोमाञ्चक खेलमा बेङ्ग्लोरले मुम्बइलाई अन्तिम बलमा हराएको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले क्रिस लिनले सर्वाधिक ४९ रन बनाउँदा सूर्यकुमार यादवले ३१ र इशान किशनले २८ रन बनाए। उता बेङ्ग्लोरका हर्षल पटेलले २७ रन दिएर ५ विकेट लिए। मुम्बइले ९ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले एबि डिभिलियर्सको आक्रामक ४८, ग्लेन म्याक्सवेलको ३९ र कप्तान बिराट कोहलीको २९ रनको सहायतामा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थिए।

सन् २०१३ मा मुम्बईले पहिलो पटक आईपीएलको उपाधि जितेको थियो। त्यतिबेला पनि पहिलो खेलमा मुम्बइ पराजित भएको थियो। त्यसयता मुम्बइले आफ्नो पहिलो खेलमा कुनै पनि सिजन जित्न सकेको छैन। भलै प्रतियोगिताको उपाधि जित्नमा भने मुम्बई सबैभन्दा अगाडि छ।

सन् २०१४ र २०१५ मा कोलकता नाइट राइडर्ससँग पहिलो खेलमा पराजित भएको मुम्बइले सन् २०१६ र१७ पुणे वारियर्ससँग पहिलो खेलमा पराजित भएको थियो। त्यस्तै २०१८ मा चेन्नइ सुपरकिंग्स, २०१९ मा दिल्ली र अघिल्लो साल चेन्नइसँग प्रतियोगिताको पहिलो म्याचमा पराजित भएको थियो।

९ वर्षयता पहिलो खेलमा पराजित भए पनि मुम्बइले यसबीचमा ५ वटा ट्रफी जितिसकेको छ। सन् २०१५, २०१५, २०१७, २०१९ र २०२० मा मुम्बइले उपाधि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell