PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एपीएफलाई सुदूरपश्चिम प्रदेशको १ सय ७ रनको लक्ष्य



पहिलोपोस्ट

एपीएफलाई सुदूरपश्चिम प्रदेशको १ सय ७ रनको लक्ष्य

काठमाडौं: ललितपर मेयर वुमन्स च्याम्पियनसिप अन्तर्गत आज जारी फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपीएफलाई १०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको हो।

सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक अभिजित ४४ रन बनाउँदा डोली भट्टले १४ र रेवती धामीले १० रन जोडिन्। बलिङतर्फ एपीएफका रेखा रावल, करुणा भण्डारी, शुस्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले समान १/१ विकेट लिए।

एपीएफ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell