PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

ठेक्कापट्टाको व्यवसाय गरेर अरूलाई धर्काउँदै हिँडेको भन्दै एक युवक समातिए



पहिलोपोस्ट

ठेक्कापट्टाको व्यवसाय गरेर अरूलाई धर्काउँदै हिँडेको भन्दै एक युवक समातिए

काठमाडौँः विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोट लिखु गाउँपालिका  घर भएका ३७ वर्षीय  सितारामा पुलामी मगरलाई नियन्त्रणमा लिएको हो। उनी टीकाराम पुलामी मगर र राम पुलामी मगरले पनि चिनिएका थिए। उनीहरू विरुद्ध गुन्डागर्दी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।

मगरले काठमाडौंको मनमैजुस्थित लोकतान्त्रिक चोकमा वर्गर हाउस र नुवाकोट नुवाकोटमा निर्माण सेवा कम्पनी सञ्चालक गर्दे आई रहेका थिए। निर्माण सेवामा समेत ठेक्कापट्टामा धम्काउने जस्ता कार्य गरेकोले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

उनी विरुद्ध काठमाडौं र नुवाकोटमा विभिन्न ६ वटा उजुरी परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell