PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कांग्रेस महामन्त्री कोइरालाको दावीः देउवाको नेतृत्वमा नै छिटै नयाँ सरकार बन्छ



रासस

कांग्रेस महामन्त्री कोइरालाको दावीः देउवाको नेतृत्वमा नै छिटै नयाँ सरकार बन्छ

चितवनः नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन् । उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।”

 जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो।

महामन्त्री कोइरालाले भने, “जसपासँग छलफल भइरहेको छ। उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए।

फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell