PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोभिड संक्रमितको सङ्ख्या दैनिक बढ्दोः पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जना सङ्क्रमित



पहिलोपोस्ट

कोभिड संक्रमितको सङ्ख्या दैनिक बढ्दोः पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जना सङ्क्रमित

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ३ सय ३७ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ सय ३७ जनामा कोभिड देखिएको हो। यो अवधिमा ३ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गरेको मन्त्रालयले जानकारी दिएको छ। १ सय ५१ जना सङ्क्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमण भएका एक जनाको  मृत्यु भएको छ। अहिलेसम्म देशभर २ लाख ७९ हजार ७ सय २५ जनामा कोभिड सङ्क्रमण देखिसकेको छ। अहिलेसम्म सङ्क्रमण भएका  ३ हजार ३९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो केही दिनयता संक्रमितको सङ्ख्या थपिँदै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell