PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, आज मात्रै थपिए १५ जना



पहिलोपोस्ट

प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, आज मात्रै थपिए १५ जना

जनकपुरधाम : प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। आज मात्रै थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज थपिएका १५ जना कोरोना संक्रमितसँगै प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या  १ सय ७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए। पछिल्लो २४ घण्टामा ३७ जनाको पीसीआर टेस्ट गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए।

शनिवार बारामा ५ र पर्सामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय १४ पुगेको छ।

हाल पर्सामा सबैभन्दा बढी ५५ जना सक्रिय संक्रमित छन्। यस्तै, बारामा ३१ जना, धनुषामा १२ जना, महोत्तरीमा ४ जना, सर्लाहीमा २ जना, सप्तरी, सिरहा र रौतहटमा १/१ जना सक्रिय कोरोना संक्रमितहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell