PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महिलालाई सशक्त नबनाएसम्म लैङ्गिक हिंसा अन्त्य हुँदैन : राज्यमन्त्री यादव



पहिलोपोस्ट

महिलालाई सशक्त नबनाएसम्म लैङ्गिक हिंसा अन्त्य हुँदैन : राज्यमन्त्री यादव

जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले महिला हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सशक्त बनाउनुपर्ने बताएका छन्। रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा महिला सशक्तिकरण राष्ट्रिय अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले महिलालाई सशक्त नबनाएसम्म महिलामाथि हुने लैङ्गिक हिंसा र घरेलु हिंसामा कमी नआउने बताए।

उनले सबै क्षेत्रमा महिलाले समान हैसियत बनाएपछि मात्र हिंसा अन्त्य गर्न सहज हुने भन्दै समानता बिना लैङ्गिक हिंसा अन्त्यको अभियान सार्थक नहुने समेत बताए। राज्यमन्त्री यादवले प्रदेश सरकार महिला सशक्तिकरण अभियानलाई जोड दिने हिसावले लोकसेवा आयोगमा महिलालाई ३३ प्रतिशतबाट ५० प्रतिशत अधिकार दिने कानुन ल्याएको र ति कानुन अब कार्यान्वयन समेत हुन लागेको बताए।

प्रदेश सरकारले खोल्न गइरहेको प्रहरी भर्नामा अब ५० प्रतिशत महिलाले आरक्षण कोटा पाउने समेत उनले बताए। प्रदेश २ सरकारले पुरुष सरह महिलालाई पनि समान अधिकार दिएकोले अब यहाँका महिलाहरुले समेत सरकारी जागिरमा ५० प्रतिशत आरक्षण पाउने उनले बताए।

महिलालाई अझ सुखी सम्पन्न र आर्थिक रुपमा मजबुत तथा सशक्त बनाउन प्रदेश सरकारले महिला उद्यमशिलता, सिलाई कटाई, मैनबत्ती, अचार बनाउने जस्ता तालिम सञ्चालन गर्दै आएको समेत उनले बताए। महिलाहरुलाई आफना हक अधिकारका लागि शिपको विकास गर्नुका साथै उद्यमी बन्न मन्त्री यादवले सुझाव दिएका हुन्।

मन्त्री यादवले तराई मधेसका जिल्लाहरुमा आमा बुबाले नै छोराछोरीमाथि विभेद गरिरहेको समेत आरोप लगाए। छोराछोरीमाथी गरिने विभेदकै कारण मधेसका चेलीहरु पछाडि परेको उनले बताए। मधेसमा छोरा जन्मिदा खुसी हुने र छोरी जन्मिदा दुखी हुने परिपाटीले नै चेलीहरु अगाडि बढन नसकेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell