PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मुगुमा ९ वर्षीया बालिकाको बलात्कार र हत्या भएको विरोधमा नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन



पहिलोपोस्ट

मुगुमा ९ वर्षीया बालिकाको बलात्कार र हत्या भएको विरोधमा नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

काठमाडौं : कक्षा तीनमा अध्ययनरत ९ वर्षीया बालिकामाथि मुगुमा बलात्कारपछि भएको हत्याको विरोधमा नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसले आज बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेको छ।

आन्दोलनमार्फत यस्ता किसिमका क्रूर अपराधमा सम्लग्न जो कोही पीडक भए पनि मुद्दा चलाउन र पीडितलाई न्याय दिन सरकारसँग माग गरिएको नेपाल विद्यार्थी संघ, नेपाल कमर्स क्याम्पसका नेता विष्णु हरि खड्काले बताए।

सो अवसरमा बलात्कार एक गम्भीर अपराध भएको भन्दै सरकारले सत्ताको बलमा अपराधीलाई संरक्षण नगर्न विद्यार्थीले खबरदारी गरेका हुन्। उनीहरुले सरकारसँग नागरिकको मौलिक हकको संरक्षण गर्न पनि माग गरेका छन्।

यस्ता किसिमका आपराधिक घटना न्यूनीकरण गर्दै घटनामा सम्लग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै उक्त प्रदर्शन गरिएको कार्यक्रमका संयोजक नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसका विद्यार्थी नेता खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell