PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोभिडको दोस्रो चरण सुरु भएको सिसिएमसीको निष्कर्षः सतर्कता अपनाउन अपिल, स्वास्थ्य मापदण्ड पालना नभए कारबाही



पहिलोपोस्ट

कोभिडको दोस्रो चरण सुरु भएको सिसिएमसीको निष्कर्षः सतर्कता अपनाउन अपिल, स्वास्थ्य मापदण्ड पालना नभए कारबाही
फाइल फोटो

काठमाडौँः कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ। शनिबार बसेको बैठकले संक्रमणदर बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन रुपमा अपिल गरेको हो।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भएको बताए। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने पनि बैठकले निर्णय गरेको छ।

बैठकले सीमामा सञ्चालित हेल्थ डेस्कलाई प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने पनि निर्णय गरेको छ। कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभइ अटेरी गरेमा कडा कदम चाल्नुपर्ने अवस्था आउनेबारे पनि बैठकमा समीक्षा भएको बरालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell