PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

रविन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक



पहिलोपोस्ट

रविन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

काठमाडौं : विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समसामयिक राजनीति माथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक गरेका छन्। शनिवार काठमाडौंमा एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेले पुस्तकको विमोचन गरे।

पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाएका छन्। नेपाली राजनीतिको दुरगामी लक्ष्य र अहिले भइरहेको अभ्यास विरोधाभाषपूर्ण रहेको टिप्पणी पुस्तकमार्फत गरेका छन्।

मिश्रले पुस्तकमा राजनीतिक कार्यकर्ता, राजनीतिक दल, सरकार र समाजको मनोविज्ञानले संविधानको प्रस्तावमा उल्लेख भएका नेपालको दृश्य पूरा हुन असम्भव रहेको निष्कर्ष दिएका छन्। कार्यक्रममा पुस्तकबारे र समसामयिक राजनीतिबारे डा भट्टराई र डा वाग्लेले चर्चा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell