PahiloPost

May 15, 2026 | १ जेठ २०८३

आईपीएल: चेन्नइमाथि सानदार जित निकाल्दै दिल्लीको सुखद सुरुवात



पहिलोपोस्ट

आईपीएल: चेन्नइमाथि सानदार जित निकाल्दै दिल्लीको सुखद सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नइ सुपर किंग्समाथि सानदार जित निकालेको छ। मुम्बइस्थित वाङखेडे स्टेडियममा सम्पन्न खेलमा ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्टसले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइमाथि ७ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै दिल्लीसामु १८९ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले शिखर धवन र पृथ्बी श को अर्धशतकको सहायतामा १८.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको चेन्नइका लागि सुरेश रैना अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन जोडे। त्यस्तै मोइन अलीले ३६ रन जोड्दा साम करनले ३४ र रबीन्द्र जडेजाले अभिजित २६ रन जोडे। दिल्लीका लागि क्रिस ओएक्स र अभेस खानले समान २/२ विकेट लिँदा रविचन्द्रन अश्विन र टम करणले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीको पारी शिखर धवन र पृथ्बी श ले सम्हालेका लिए। धवनले सर्वाधिक ८५ रन बनाउँदा श ले ७२ रन बनाए। त्यस्तै कप्तान ऋषभ पन्तले अभिजित १५ रन बनाउँदा मार्कस स्टोइनिसले १४ रन बनाए। चेन्नइका लागि सार्दुल ठाकुरले २ र ड्वाने ब्राभोले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell