PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एल क्लासिको: बार्सिलोना पराजित, रियल मड्रिड शीर्षस्थानमा



पहिलोपोस्ट

एल क्लासिको: बार्सिलोना पराजित, रियल मड्रिड शीर्षस्थानमा
Photo: Reuters

स्पेनिस ला लिगामा गएराति सम्पन्न एल क्लासिको (महाभिडन्त) मा रियल मड्रिडले बार्सिलोनामाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडले बार्सिलोनामाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको १३ औं मिनेटमै करिम बेञ्जेमाको गोलमा अग्रता बनाएको रियलले २८ औं मिनेटमा टोनी क्रुसको गोलमा अग्रता दोब्बर बनाएको थियो। र, पहिलो हाफमा रियल दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा बार्सिलोनाले सान्त्वना गोल फर्कायो। खेलको ६० औं मिनेटमा ओस्कार मिन्गुएजाले गोल गरे पनि खेलमा फर्कन त्यो पर्याप्त रहेन। उता मड्रिडका कासेमिरो खेलको ९० औं मिनेटमा रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

जितसँगै ३० खेलबाट ६६ अंक जोडेको रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। त्यस्तै २९ खेलबाट समान ६६ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा झरेको छ। पराजयसँगै ३० खेलबाट ६५ अंक जोडेको बार्सिलोना तालिकको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell