PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दश खेलाडीमा सीमित लिड्ससँग सिटी स्तब्ध, एस्टोन भिल्लामाथि लिभरपुलको जित



पहिलोपोस्ट

दश खेलाडीमा सीमित लिड्ससँग सिटी स्तब्ध, एस्टोन भिल्लामाथि लिभरपुलको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग २-१ गोलअन्तरले पराजित भएको हो।

खेलको ४२ औं मिनेटमा स्टुअर्ट डोलासको गोलमा लिड्सले अग्रता बनाएको थियो। त्यस्तै ४५ औं मिनेटमा लिआम कुपर रेडकार्ड खाँदै बाहिरिँदा दोस्रो हाफमा लिड्स १० खेलाडीमा सीमित रह्यो।

सिटीका लागि खेलको ७६ औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा फरान टोरेसले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए। तर अतिरिक्त समयमा लिड्सका लागि डोलासले नै दोस्रो गोल गर्दै लिग लिडरमाथिको जित सुनिश्चित गरे।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले एस्टोन भिल्लामाथि २-१ गोलअन्तरले जित निकाल्यो। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोलीलाई जित दिलाउन ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड र मोहम्मद सलाहले गोल गरे। त्यस्तै एस्टोन भिल्लाका लागि ओल्ली वाटकिन्सले सान्त्वना गोल फर्काए।

गएरातिको खेलमा पराजयका वाजतुत म्यानचेस्टर सिटी ३२ खेलबाट ७४ अंक जोड्दै शीर्षस्थानमा कायम छ। त्यस्तै दोस्रो र तेस्रो स्थानमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी क्रमश ६० र ५६ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ। गएरातिको खेलमा जित निकालेका चेल्सी र लिभरपुल ५४ र ५२ अंक जोड्दै क्रमश चौथो र पाँचौ स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell