PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लुटेरा समूहबाट लहानमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या, रड बोकेर भाग्दै गर्दा एक पुरुष समातिए



पहिलोपोस्ट

लुटेरा समूहबाट लहानमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या, रड बोकेर भाग्दै गर्दा एक पुरुष समातिए
फाइल फोटो

काठमाडौंः सिरहाको लहानमा एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको छ।

गए राति अज्ञात समुहले लहान नगरपालिकामा डेरामा बस्दै आएका ४५ वर्षीय प्रदीप विश्वकर्माको हत्या गरेको हो।लुटपाटको लागि आएका समूहलाई प्रतिकार गर्न खोजेपछि उनीहरूले गोली प्रहार गर्दा प्रदीपलाई गोली तथा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। छातीमा गोली लागेका विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको हो।

' धारिलो हतियार र गोली सहित ७/८ जनाको समूह घरभित्र छिरेको देखिएको छ। उनीहरूलाई प्रतिकार गर्न खोज्दा घटना भएको छ,' जिल्ला प्रहरी कार्यालय सिरहाका एसपीले सुदीप राजभण्डारीले भने।

प्रहरीले घटनास्थलबाट गोलीको खोका समेत बरामद गरेको छ। हत्या गरिएका विश्वकर्मा सुनचाँदीको व्यवसायको लागि त्यहाँ भाडामा श्रीमती सहित बस्दै आएका थिए। लुटेरा समुहले विश्वकर्माकी श्रीमतीलाई समेत धारिलो हतियार प्रहार गरेका छन्। उनको हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

'श्रीमतीको अवस्था सामान्य छ अहिले। तर उहाँको हातमा धारिलो हतियार प्रहार भएको देखिन्छ,' एसपीले राजभण्डारीले भने।

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा एक जना पुरुषलाई पक्राउ गरेको छ। घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell