PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु



पहिलोपोस्ट

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौंः चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान करिब ९ बजेतिर भरतपुर महानगरपालिका १९ स्थित रामपुर चौकी नजिकै ना १ ज ३८५९ नम्बरको म्याजिक आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।  मृतको भने सनाखत हुन नसकेको जिल्ल प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए।

दुर्घटना भएको सवारीमा ९ जना चढेको खुलेको छ। घाइते भएका सात जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell