PahiloPost

May 15, 2026 | १ जेठ २०८३

गोङ्गबुको गेस्ट हाउसमा पुरुष मृत फेला



पहिलोपोस्ट

गोङ्गबुको गेस्ट हाउसमा पुरुष मृत फेला

काठमाडौंः गोङ्गबुको गेस्ट हाउसमा एक पुरुष मित्र अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका २७ स्थित मित्र नगरमा रहेको गोदावरी सन्तोषी गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए।

'हामीलाई खबर आएपछि गएर हेर्दा एक पुरुष मृत भेटिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको छ,' एसपी बस्नेतले भने। शनिवार बिहान उनी गेस्ट हाउमा आएको देखिएको छ।

स्याङ्जा घर भएका नारायण बहादुर घर्तीको शव भेटिएको हो। उनी अन्य दुई युवक सहित गेस्ट हाउस पुगेका थिए। प्रहरीले अन्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

शवलाई पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल टिचिङ पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell